सारेगमपमा फाइनलिस्ट भएका प्रितम र आयुष पुगे मेडिसिटी अस्पताल

तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ– भारतीय टेलिभिजन रियालिटि कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ का नेपालका फाइनलिस्ट प्रितम आचार्य र आयुष केसीलाई नेपाल मेडिसिटिले सम्मान गरेको छ। सोमबार अस्पतालमा कार्यक्रम आयोजना गरी दुवैजनालाई सम्मान गरिएको हो।

विज्ञापन

अस्पतालका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले प्रितम र आयुषलाई दोसल्ला ओढाएर सम्मान गरे। यस्तै अस्पतालले प्रितम र आयुषको परिवारसहितको स्वास्थ्य बिमा गराएको छ। यो बिमा दुई लाख बराबरको रहेको छ।

अस्पतालको लबिमा भएको कार्यक्रममा प्रितम र आयुषलाई ठूलो भिडले स्वागत गरेको थियो। दुवैले कार्यक्रममा प्रस्तुती पनि दिए। उनीहरुले नेपालीसँगै हिन्दी गीत पनि गाएका थिए।

भारतीय टेलिभिजन रियालिटि कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ मा प्रितम आचार्य सेकेण्ड रनरअप र आयुष थर्ड रनरअप भएका थिए। उनीहरु यो भन्दा अगाडि २०७३ सालमा कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ का बिजेता थिए।

तस्बिर: सुलभ श्रेष्ठ

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्