‘नयाँ सोच तथा उपायले मात्र बाढीको दीर्घकालीन समाधान’

जनकपुरधाम- पटकपटक तराई मधेशमा बाढी तथा डुवानको समस्या आउने गरेकाले यसको दीर्घकालिन समाधानका लागि तीनै तहका सरकार मिलेर कामकाज गर्नु पर्ने आवश्यकता रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले बताएका छन्।

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न आएका राष्ट्रिय सभाका अध्यक्ष तिम्सिनाले धनुषा जिल्लाको बाढी क्षेत्रको निरीक्षण पछि प्रदेश सरकारले सोमवार जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विगतमा भएको कमी कमजोरी पन्छाएर नयाँ सोच तथा तरिकाले कामकाज गर्नु पर्ने अवस्था रहेको बताए।

तराई मधेशको जिल्लाहरुमा बाढी र डुवानको प्रमुख कारणहरु मध्ये एक रहेको चुरेको संरक्षण तथा खोलानालाहरुको सही व्यवस्थापन गर्न सबै पक्षसँग सहमति तथा सहकार्य गरेर कामकाज गर्न जरुरी रहेको बताए।

अध्यक्ष तिम्सिनाले पानीहरुको स्वभाविक वहावलाई रोक्ने कामकाज हुन नहुने बताउदै विकासको नाउँमा पानीको स्वभाविक बहाव रोकेका कारणले पनि जोखिम बढेको बताए। उनले भ्रमणको क्रममा देखिएको समस्याहरुका बारेमा संघीय सरकारलाई नीतिगत तथा कार्यगत कामकाज गर्नका लागि निर्देशन दिने समेत बताए।

सभापतिको आसनवाट प्रदेश नं-२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चुरेभावरको संबेदनशीलता तथा चुरे क्षेत्रको नदिहरुको दोहन तथा वातावरणीय क्षयीकरणका कारणले नै अहिलेको अस्वभाविक बाढी तथा डुवानको अवस्था देखा परेको बताउदै यसलाई समयमा नै नियन्त्रण गरे अगामी दिनमा अझै विकराल समस्या आउने बताए।

प्रदेश नं-२ का सभामुख सरोज कुमार यादवले बाढी तथा डुवान समस्याको दीर्घकालिन समाधानका लागि तीनै तहका सरकारका बीचमा समन्वय, सहकार्य गर्न जरुरी रहेको बताए।

प्रदेश २ को ८ वटै जिल्लामा बाढीको कारणले ३५ जनाको मृत्यु भएको छ भने १ जना अहिले पनि वेपता रहेको छ। बाढी तथा डुबानको कारणले यहाँको ३ हजार ६ सय ८५ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै ६ लाख ७४ हजार १ सय ८८ प्रभावित भएका छन्। ब

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्