तिलगंगा आँखा प्रतिष्ठान बन्यो डब्लुएचओको समन्वय केन्द्र

काठमाडौँ- तिलगंगा आँखा प्रतिष्ठानले २५औँ वार्षिकोत्सवको अवसरमा विश्व स्वास्थ्य संगठनसँग समन्वयको मान्यता प्राप्त गरेको छ। सोमबार एक समारोह कार्यक्रमका बिच प्रतिष्ठानले संगठनसँगको समन्वय मान्यता पाएको हो।

आँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरे बापत विश्व स्वास्थ्य संघठनले प्रतिष्ठानलाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको छ। आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धान गरी तीन वटा मुख्य विषयलाई आधार मानेर संगठनले प्रतिष्ठानलाई समन्वय केन्द्रको मान्यता दिएको हो।

२५ औँ वार्षिकोत्सब समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पातलको सेवा र अस्पतालमा रातदिन खटिने डा. सन्दुक रुइत लगायत सबै टिमको खुलेरै प्रसंशा गरे। ‘यस अस्पतालले यति धेरै सफलता प्राप्त गर्ला भन्ने शायदै बिरलै मानिसले सोचेका थिए होला’, उनले थपे,‘अस्पताललाई कुनै पनि प्रकारको सहयोग गर्न सरकार सदैव तयार रहने छ।’

त्यस्तै सानो स्तरबाट अहिलेको अवस्थासम्म पुग्नका लागि आफूहरुले धेरै मेहनत गनुपेको अस्पतालकी कार्यकारी अधिकृत डा. रीता गुरुङले बताइन्।

अस्पतालले दिने गरेको सेवा कारण नेपलमा मात्रै नभएर नेपाल बाहिर पनि ख्याति प्राप्त गरेको छ। यसले देश बाहिरका आँखाका विरामीको समेत उपचार गर्दै आइरहेको छ।

अस्पतालले सेवा मात्रै होइन। यसले अध्ययन, अनुसन्धान र सेवा विस्तारको कामलाई दिनप्रति दिन बढाउदै गइरहेको छ। अस्पतालले उत्पादन गर्ने गरेको इन्ट्राअकुलर लेन्स प्रति गौरवान्वित हुनुको बिकल्प नरहेको अस्पतालका संस्थापन डा. सन्दुक रुइतले बताए।

उनले भने,‘हामीले यस प्रति गौरव गर्नु पर्छ, नेपालले लेन्सको उत्पादन आफै गरीरहेको छ।’त्यसैगरी, विश्व स्वास्थ्य संगठनका प्रतिनिभि डा.जोस भेन्डिलियरले प्रतिष्ठान आँखाका विरामीका लागि सही ठाउँ भएको बताए।

उनले भने,‘उस अस्पतालबाट नेपालकै आँखाका विरामी छ छदैछन्, यसका साथसाथै नेपाल बाहिरका आँखाका बिरामीले समेत लाभ लिन सक्ने छन्।’ त्यस्तै, विश्व स्वास्थ्य संगठनसँग समन्वयका लागि सहकार्य गर्ने प्रतिष्ठान नेपालको पहिलो र सार्कको दोस्रो संस्था हो।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्