टी–२० विश्वकप एसियाली छनौट

नेपालले दोस्रो विकेट गुमायो

राष्ट्रिय टोलीबाट खेल्नेक्रममा पारस र ज्ञानेन्द्र। फाइल तस्विर

काठमाडौँ – ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ ओभरको खेल सकिँदा दुई विकेट गुमाएको छ ।

नेपालका कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । जारी खेलमा कप्तान खड्का १७ बलमा २८ रन बनाएर आउट भए । मल्लले २३ रन बनाए ।

मलेसियामा अभ्यास सकेर सिंगापुर पुगेको नेपाली टोलीले मंगलबार कतारसँग प्रतिस्पर्धा गरिरहेको हो । पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । आयोजक सिंगापुरले सोमबार भएको खेलमा कतारलाई परातिज गरेर राम्रो सुरुवात गरेको छ ।

यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।
सिंगापुर पुग्नुअघि मलेसियामा अभ्यास गरेको नेपाली टोलीले मलेसियासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अन्तर्राष्ट्रिय शृङ्खला ‘क्लिन स्वीप’ गरेको थियो ।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्