सांकेतिक तस्बिर

बारा – बारा प्रहरीले अवैध लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ पकडी टोलका ५५ वर्षे वीरबहादुर रामलाई लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले महागढीमाई नगरपालिका–१० बाट उनलाई पक्राउ गरिएको हो । रामले ना १४ प ९०४४ नम्बरको मोटरसाइकलको लेगार्डमा २१ किलो गाँजा राखेका थिए ।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्