पर्साको भेडाहा खोलामा आएको बाढीले दुईसय बिगाहा धान खेत डुबानमा

दुई दिनदेखि अविरल वर्षाका कारण भेडाहा खोलामा आएको बाढीले डुबानमा परेका बिरगञ्जका ग्रामीण क्षेत्रका ससयौ बिगाहा धान खेत। तस्बिर-राम मण्डल/देश सञ्‍चार

वीरगञ्‍ज- पर्सामा दुई दिनदेखि अविरल वर्षाका कारण भेडाहा खोलामा आएको बाढीले वीरगञ्‍ज महानगरपालिकाका ग्रामीण क्षेत्रका धानखेत डुबानमा परेको छ। बाढीले महानगरपालिका वडा -२८ बगही ३० लालपर्सा-३१ बेल्वा टोलका धान खेत डुबानमा परेका हुन।

गत हप्ताको लागातारको पानीको कारण भेडाहा खोलामा आएको बाढीले त्यहाका अधिकांश धान खेतहरु डुबानमा पारेको थियो।तर, केही दिनसमम रोकिएको पानी फेरि गएको दुइ दिनदेखि पर्न थालेपछि त्यस क्षेत्रका किसानहरुले लगाएको सयौ बिगहा धानखेती डुबानमा परेको हो।

बाढीले लालपर्सा, प्रसोतीपुर, बगही, सितुहार, बेल्वा, प्रसौनी, ईस्लामपुर, बस्डिलवा भेडियाही लगायतका खेतहरुमा लगाइएको सयौ बिगाहा धानको खेती डुबानमा परेको स्थानीयबासीहरुले बताएका छन्।

यस्तै वडा नम्बर ३० लालपर्सा र प्रसोतीपुर टोलमा मात्रै किसानहरुले लगाएको १ सय बिगहा धान खेती डुबानमा परेको वडा नम्बर ३० का वडाध्यक्ष अमानत अन्सारी बताए। उनले भने, ‘ पहिला पनि बाढीले खेत डुबानमा थियो। अहिले फेरि दुई दिनको पानीका कारणले खेतहरुमा बाढी आएको छ।’

उनले बिगत २ दिनदेखि परेको पानीका कारण भेडाहा नदीको बाढीले गाउमा भएको १ सय बिगाहा धान खेती डुबानमा पारेको जानकारी दिए। वडाध्यक्ष अन्सारीले भने, ‘हाम्रो टोलमा मात्रै २ सय बिगाहाको धान खेती डुबानमा परेको छ।’

’भेडाहा खोलामा आएको बाढीको पानीले आफनो ८ कठामा लगाएको धानबाली डुबानमा परेकोले धान खेती सडने डर भएको लालपर्सा टोलका स्थानीय शिव ठाकुरले बताए। उनले गत हप्ता लागातार परेको पानीका कारण आफनो खेतमा धान रोपाई गर्न नपाएकोमा अहिले बिउ किनेर भएपनि भर्खरै धान रोपेको बाढीको पानीले डुबानमा परेको भन्दै यसपालि धान नै हुदैन भनेर चिन्ता लागेको बताए।

‘भेडाहा नदीमा आएको बाढीले रोपाईको लागि तयारी अवस्थामा रहेको बिउमा क्षति पुर्‍याई दिएको थियो,ठाकुरले भने,बाढीको पानी बिसतारै घटेपछि अहिले किनेर भएपनि धान रोपेका छौ,त्यो पनि अहिले फेरि २ दिनको पानीका कारण आएको बाढीले सयौ बिगाहाको धान खेती डुबानमा पारिदियो।’

उनले भेडाहा खोलामा अहिले अलिकति पनि पानी परेको खण्डमा बाढी आएर धान खेतीमा क्षति पुर्‍याउदै आएकोले सम्बन्धित निकायले खोलमा तटबन्ध निर्माण गर्नुपर्ने माँग गरे। ठाकुरले बाढीबाट गाउका धेरैको खेतबाली डुबानमा परेर लाखौको क्षति भईसक्दासमेत स्थानीय सरकार वा सम्बन्धित निकायले अहिलेसम्म पनि कसैलाई पनि राहत बितरया नगरेको भन्दै आक्रोश ब्यक्त गरे।

यस्तै महानगरपालिकाको वडा नम्बर ३१ बेल्वा टोलमा पनि भेडाहा खोलामा आएको बाढीले सयौ बिगाहा धान खेती डुबानमा पारेको वडा नम्बर ३१ का वडाध्यक्ष चुमनदास चौधरीले बताए।

भेडाहामा फुटेको बाँध बाँध्ने प्रयास जारी छ -मेयर सरावगी

बिरगञ्ज महानगरपालिकाका मृयर बिजय सरावगीले भेडाहा खोलाले स्थानीयबासीको बान खेतीमा क्षति पुरयाएको कुरालाइृ मध्यनजर गर्दै खोलामा महानगरपालिकाले बाँध बाध्न लागेको बताए।

उनले भेडाहा खोलाको बाँध फुटेकाले खोलाको बाढी खेत र स्थानीयबासीको घरमा समेत क्षति पुरयाएको बताउदै महानगरपालिकाको जेसिबी मेशिन एक हप्ता अघि देखि नै त्यस क्षेत्रमा कार्यरत रहेको जानकारी दिए।

भेडाहा खोलामा आउने बाढीबाट बचाउनको लागि बाँध निमाणको गर्न आफुले प्रदेश सरकार र केन्द्र सरकारसित पनि पहल र सहयोग माँग गरेको जानकारी मेयर सरावगीको भनाइ छ।

‘महानगरपालिकाको जेसिबी मेशिन एक हप्ता अघि देखि नै त्यस क्षेत्रमा छ,मेयर सरावगीले भने,भेडाहाामा बाँध निर्माणको लागि मैलै प्रदेश र केन्द्र सरकारसित पनि पहल गरेको छु।’

उनले गत हप्ताको बाढीले भेडाहा खोलाको बाँध भत्काएपछि त्यसलाइृ बाध्नका लागि जेसिबी मेशिन पठाएको भए पनि खेतहरुमा जमेको बाढीको कारणले समस्या भइरहेको बताए।

मेयर सरावगीले बाढी आउनुभन्दा पुर्व नै भेडाहा खोलामा गर्नुपर्ने तयारी नगरिएको भएपनि अहिले भने खोलामा बाँध बाध्नको लागि लागि परेको जिकिर समेत गरे।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू