चट्याङबाट मोरङमा दुइको मृत्यु, एक वर्षमा मुलुकभर ११४ जनाको मृत्यु

सांकेतिक तस्बिर।

मोरङ-चट्याङका कारण मोरङ जिल्लामा गएको दुईदिनमा दुइजनाको मृत्यु भएको छ। मंगलबार बिहान करिब साढे ११ बजे वर्षासंगै चट्याङ पर्दा बुढीगंगा गाँउपालिका पर्सावनीका रामेश्वर विश्वासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

३० वर्षिय विश्वास आफ्नै खेतमा काम गरिरहदाँ चट्याङ लागेर मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए। त्यसैगरि सोमबार दिउँसो मोरङको धनपालथान गाँउपालिकामा ५० वर्षिय श्याम मण्डलको पनि चट्याङ लागेर मृत्यु भएको थियो।

हलगोरुसहित खेत जोतिरहेको अवस्थामा चट्याङ पर्दा मण्डल र दुइवटा गोरु समेत मरेको प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी, सुनवर्षी गाँउपालिकामा २८ वर्षिया लक्ष्मीदेवि केविरथपनि चट्याङका कारण घाइते भएकी थिइन्। घरमा बसिरहेको अवस्थामा करिब १० मिटर टाढा चट्याङ खस्दा केविरथ घाइते भएको बताइएको छ।

चट्याङका कारण २०७५ बैशाखदेखि हालसम्म मुलुकभर ६८ जना पुरुष र ४६ जना गरि कुल १ सय १४ जनाको मृत्यु भएको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ। त्यसैगरि सो अवधिभर ५ सय ६८ जना घाइते भएका छन्।

त्यसैगरि, गएको एकसातामा चट्याङका कारण २ जनाको मृत्यु र ८ जना घाइते भएको बताइएको छ। दुवै घटनामा पुरुषको मृत्यु भएको हो। यसक्रममा ८ जना घाइते भएका छन्।

केन्द्रका अनुसार वर्षा र चट्याङका क्रममा धातुको तारबार नजिक नबस्ने, खुल्ला चौर तथा समथल स्थानमा नबस्ने, चट्याङ पर्दा सकभर विद्युतिय सामाग्रीको उपयोग र ल्याण्डलाईन फोनको प्रयोग नगर्ने, अग्लोस्थान वा टावर नजिक नबस्ने, र अग्लो रुखमुनि नबस्दा जनधनको क्षतिबाट जोगिन सकिनेछ।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्