एभरेष्ट इन्स्योरेन्सले २५ औँ वार्षिकोत्सवमा गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौँ– एभरेष्ट इन्स्योरेन्स कम्पनीले २५ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।

कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौँमा नेपाल रेडक्रस सोसाइटी र केन्द्रिय रक्त सञ्चार सेवाको सहकार्यमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा कम्पनीका कर्मचारी तथा अन्य सहभागी गरी ३३ जनाले रक्तदान गरेका छन्। सो अवसरमा कम्पनीका कार्यकारी अधिकृत कमल गौतमले रक्तदातालाई प्रमाणपत्र प्रदान गरेका थिए।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्