काठमाडौँ – मनुसुन फेरि सक्रिय भएपछि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण कतिपय ठाउँमा बाढी, पहिरो र डुबानको समस्याले दुःख दिएको छ । लगातार पानी परिरहेका कारण मानिसहरुको दैनिकी समेत प्रभावित भएको छ । काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि सिमसिम पानी परिरहेको छ ।

राजधानीमा ठूलो पानी नपरे पनि सिमसिम वर्षा बिहानैदेखि भइरहेपछि मानिसहरु छाता ओढेर आवतजावत गरिरहेका देखिन्छन् । कतिपय भने सिमसिम पानीमा रुझेर आनन्द पनि लिइरहेका छन्।

केही तस्बिरहरु