बोरिस जोन्सन बने बेलायतको नयाँ प्रधानमन्त्री

लण्डन-कन्जरभेटिभ पार्टीको नेता बोरिस जोन्सन बुधबार बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन्। यसअघि टेरिजा मे बकिङहम प्यालेसमा गएर औपचारिक रुपमा महारानी एलिजाबेथ द्वितीयलाइ राजीनामा बुझाएकी थिइन्।

यसपछि बोरिस जोन्सन महारानीसँग भेट्न बकिङहम प्यालेस गएका थिए। उनलाइ महारानीले के सरकार बनाउनको लागि हाउस अफ कमन्सको विश्वास छ भन्ने प्रश्‍नमा जोनसन्सले विश्‍व छ जवाफ दिएका थिए। यसपछि उनलाइ महारानीले ग्रेट ब्रिटेन तथा उत्तरी आयरल्याण्डका ५५औ प्रधानमन्त्रीमा नियुक्त गरिन्।

यी महारानीको कार्यकालमा बोरिस १४औ प्रधानमन्त्री हुन। राजकुमारी एलिजाबेथ जब बेलायतकी महारानी थिइन्, तब उनको कार्यकालका पहिलो प्रधानमन्त्री विस्टन चर्चलि थिए।

प्रधानमन्त्री भएपछि बोरिस औपचारिक रुपमा १० नम्बर डाउनिङ स्ट्रिट प्रधानमन्त्री निवास गए। त्यसपछि उनले देशको लागि राम्रो गर्ने प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री जोन्सन १० नम्बरमा बोल्दै अब ‘नो इफ्स,नो बट्स’ नचल्ने भन्दै घोडाको रफ्तारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले चाडै नै दर्जनबढी मण्त्रीमण्डल विस्तार गरेका छन्। जसमा भारतीय मुलका प्रीति पटेल  गृह सचिव, साजिद जावेद चान्सलरमा नियुक्त भएका छन्।

यस्तै डोमनिक राव परराष्ट्र एवं विदेश सचिवमा नियुक्त भएका छन्। त्यसैगरी  आलोक शर्मा, ऋषि सुनक तथा कुलवीर रागड़लाई  अवसर मिल्‍नेछ।

साउन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्