ग्रिजम्यानको बार्सिलोना ट्रान्फर ब्लक हुन सक्ने

एन्टोनी ग्रिजम्यानको एथ्लेटिको मड्रिडबाट बार्सिलोनाको यात्रा रोकिन सक्ने ला लिगाका अध्यक्ष जाभिएर तेबासले बताएका छन् । ग्रिजम्यान हालै १२० मिलियन युरोमा एथ्लेटिको मड्रिडबाट बार्सिलोनामा अनुबन्धित भएका छन् ।

तर एथ्लेटिकोले ग्रिजम्यानका लागि बार्सिलोनाले तिरेको रकम कम भएको बताउँदै आएको छ । ग्रिजम्यानको रिलिज क्लब घटाएर १२० मिलियन युरो बनाए लगत्तै बार्सिलोनाले उनलाई अनुबन्ध गर्नु उचित नरहेको एथ्लेटिको मड्रिडले बताउने गरेको छ ।

ग्रिजम्यानको रिलिज क्लज २०० मिलयनबाट जुलाई १ मा १२० मिलियन युरोमा झारिएको थियो । बार्सिलोनाले ग्रिजम्यानलाई अनुबन्ध गरेको घोषणा जुलाई १२ मा गरेको थियो ।

ग्रिजम्यानका सम्बन्धमा बार्सिलोनासँग सम्झौता रिलिज क्लब घटाउनु पूर्व नै भएकाले पूर्व निर्धारित रकम नै तिर्नु पर्ने एथ्लेटिको मड्रिडको माग छ ।

ला लिगा अध्यक्ष तेबासले अनडा सिरोसँगको अन्तर्वार्ताको क्रममा खेलाडीको ट्रान्सफर ब्लक गर्न सक्ने बताएका छन् । चाँडै ला लिगाले यो विवादका सम्बन्धमा निर्णय लिने उनले बताएका छन् । ग्रिजम्यानले बार्सिलोनाबाट डेब्यु गरिसकेका छन् ।

साउन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्