पुलका लागि मानव बलीको अफवाह, भिडले गर्‍यो ८ जनाको हत्या

बंगलादेशमा भिडले ८ जनाको गैरन्यायीक हत्या (मोब लिन्चिङ्ग) गरेको छ । बच्चाको अपहरण भएको भन्ने गलत अफवाह अनलाईन मार्फत फैलिएपछि आक्रोशित भिडले ८ जनाको कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

राजधानी ढाकाको दक्षिण तर्फ पद्मा पुल निर्माणका लागि मानव बलीको खाँचो रहेको र त्यसका लागि बच्चाको अपहरण भएको हल्ला फैलिएको थियो । त्यसपछि भिडले त्यसमा संलग्न रहेको भन्दै ८ जनाको कुटपिट गरी हत्या गरेको हो ।

अनलाईन मार्फत फैलिएका हल्लाहरुमा ती अर्ब अमेरिकी डलरको पद्मा पुल परियोजनाका लागि बालबालिकालाई टाउको काटेर बली दिन थालिएको दाबी गरिएको थियो । भिजितान्ते समूहले बालबालिकाको अपहरणमा संलग्न रहेको भन्दै ८ जनाको गैरन्यायीक हत्या गरेको हो ।

तर हत्या भएका कोही पनि बालबालिकाको अपहरणमा संलग्न नरहेको प्रहरी प्रमुख जावेद पट्वारीले बताएका छन् । मारिनेमा ११ र चार वर्षका दुई सन्तानकी आमा तस्लिमा बेगम पनि रहेकी छन् ।

भिडले ३० जनाभन्दा बढीमाथि आक्रमण गरेको जनाइएको छ । समाचार संस्था एएफपीका अनुसार तस्लिमा बेगमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । भिडले अधिकांशको गएको हप्ता हत्या गरेको हो ।

साउन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्