बोइङ ७३७ म्याक्सको उत्पादन बन्द गर्ने उत्पादक कम्पनीको चेतावनी

विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्सको उत्पादन बन्द गर्न सक्ने चेतावनी दिएको छ । बोइङको ७३७ म्याक्स सिरिजका जहाज केही महिनादेखि ग्राउण्डेड छन् । ग्राउण्डेड हुने क्रम जारी रहे उत्पादन नै बन्द गर्न सक्ने बोइङले जनाएको हो ।

७३७ म्याक्स विमानलाई लिएर जारी अनिश्चितताका बिच कम्पनीले पछिल्लो त्रैमासिकमा ती अर्ब अमेरिकी डलरको नोक्सानी भएको बुधबार सार्वजनिक भएको थियो ।

वायु सेवा सञ्चालकका नियामक निकायले विश्वभर बोइङ ७३७ म्याक्समाथि लगाउँदै आएको प्रतिबन्ध नहटाएमा उत्पादन नै बन्द गर्ने कम्पनीले बताएको हो ।

तर आउँदो अक्टोबरसम्म ७३७ म्याक्स विमान पुनः सञ्चालनमा आउने अपेक्षा रहेको बोइङका मालिक डेनिस मुइलेन्बर्गले बताएका छन् ।

साउन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्