जोरपाटीको बौद्धनाथ स्तूपा नेपालको प्रख्यात पर्यटक स्थलमध्ये एक हो। यहाँ स्वदेश तथा विदेशबाट थुप्रै पर्यटक आउने गर्छन् ।

यस्तै यो क्षेत्रमा सबै वर्ग र समुदायको मानिसहरु घुम्न आउँछन्। अहिले वर्षाको समय छ, पानीको परेको बेलामा पनि बौद्धमा मानिसहरुको चाप उस्तै छ।

बौद्ध स्तूपा पर्यटनसँग मात्र सम्बन्धित छैन। यहाँ आउने एक समुदाय धार्मिक आस्था बोक्ने छन्। यहाँ बौद्ध धर्मावलम्बीको आस्थाको जोडिएको छ।

ओसिलो मौसममा पनि बौद्धमा छाता ओढेर आस्था भर्न आउनेलाई देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले क्‍यामेराको लेन्समा यसरी कैद गरेका छन् ।