पौडी खेल्दा पाँचथरमा एक बालकको मृत्यु

सांकेतिक तस्बिर

पाँचथर – पाँचथरको याङवरक गाउँपालिका–१ र २ को ठिङगेपुर खोल्छामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ।

शुक्रबार साँझ पौने ७ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका–१ बस्ने डम्बर मगरको ११ वर्षे छोरा अर्बिन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई डुबेको देखेपछि उनकै बहिनीले अभिभावकलाई खबर गर्नसाथ उनलाई पानीबाट तत्काल निकाली उपचारको लागि जिल्ला अस्पताल फिदिम पाँचथर ल्याउनासाथ राति पौने १० बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

साउन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्