
आज मैले ‘देश सञ्चार’ मा रानी रत्नलाई सामान्य लिवाजमा देखें | मैले झट्ट बगैंचामा गोडमेल गर्दै गरेका चिनियाँ अन्तिम सम्राट फु यीलाई सम्झे|
फु यीलाई पछिल्लो पटक पत्रकारले सोधेका थिए, ‘तपाईँलाई कम्युनिष्टहरुले खुब प्रयोग गरे, हो कि ?!’ फु यीले दिल खोलेर भने, ‘राम्रा काममा उपयोग गरे त के बिग्र्यो र ?!’ रानी रत्न जीवनको यो उत्तरार्धमा भन्दै थिइन्, ‘ ठीक छ सबैथोक |’
जीवनले, समयले, इतिहासले राजषीहरुलाई ‘प्रजा’ हुन सिकायो, त्यति नै बेला ‘प्रजा’ले राजषीको सिको गरेको पनि देखियो | अनि पो दिक्क लाग्छ !!
(टंक कार्कीको फेसबुकबाट)