बिर्तामोडकाे हनुमान सेन्ट्रलमा लागेको आगो नियन्त्रणमा

झापा– झापाको बिर्तामोडमा रहेको सपिङ मल हनुमान सेन्ट्रलमा लागेको आगो नियन्त्रणमा आएको छ।

बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको मलका सञ्चालक प्रवेश सरियाले जानकारी दिए।

आगलागी मलको भुईंतलामा रहेको इर्की शोरुमबाट भएको उनले बताए। उनले बेलुका पसल बन्द गर्दा एसीको स्विच अन राखेकाले ज्यादा तातेर उक्त एसीबाट आगलागी भएको जानकारी दिए।

अन्य पसलहरुमा भने क्षति भएको छैन। अहिले साँझ ७ बजेबाट शुरु भएको आगलागी नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए।

साउन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्