ट्रम्पले फेरि गरे रंगभेदी टिप्पणी, निशानामा डेमोक्र्याटिक सांसद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः रंगभेदी ट्वीटका कारण विवादमा छन्।
दुई हप्ताअघि ट्रम्पले कंग्रेसमा रहेका चार डेमोक्र्याटिक महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका थिए । उनले फेरि अफ्रिकन मुलका डेकोक्र्याटिक नेतामाथि रंगभेदी टिप्पणी गरेका छन् ।
ट्रम्पले कंग्रेसमा डेमोक्र्याटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने एलाइजा कमिङ्गसलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका हुन् ।
Rep, Elijah Cummings has been a brutal bully, shouting and screaming at the great men & women of Border Patrol about conditions at the Southern Border, when actually his Baltimore district is FAR WORSE and more dangerous. His district is considered the Worst in the USA……
— Donald J. Trump (@realDonaldTrump) July 27, 2019
ट्रम्पले कमिङ्गस र उनले प्रतिनिधित्व गरेको बाल्टिमोरको जिल्ला मेरील्याण्डलाई ‘रोडेन्ट इन्फेक्टेड मेस’ अर्थात मुसासहितका जनावरको संक्रमण फैलिएको फोहोर क्षेत्रका भनेका छन् ।
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको ट्वीट रंगभेदी रहेको बताएकी छन् ।
.@RepCummings is a champion in the Congress and the country for civil rights and economic justice, a beloved leader in Baltimore, and deeply valued colleague. We all reject racist attacks against him and support his steadfast leadership. #ElijahCummingsIsAPatriot https://t.co/2LG8AuQrHh
— Nancy Pelosi (@SpeakerPelosi) July 27, 2019
कमिङ्गसले आफ्ना बारेमा ट्रम्पले गरेको टिप्पणी ‘बुली’ अर्थात डर–धम्क्याइ रहेको बताएका छन् । ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीमाथि गरेको व्यवहारको आलोचना गरेकोमा उनले आफूलाई बुली गरेको कमिङ्गसले उल्लेख गरेका छन् ।
उनी संसदको ओभरसाइट कमिटिका अध्यक्ष हुन् । उनको नेतृत्वमा रहेको समितिले ट्रम्प प्रशासनका विभिन्न नीतिहरुमाथि अनुसन्धान गरेको छ । यो समितिले सीमा क्षेत्रमा रहेका डिटेन्सन सेन्टरको व्यवस्थापन बारे पनि अनुसन्धान गरेको थियो ।

डेमोक्र्याटिक पार्टीकी नेतृ तथा सभामुखको हैसियतमा पेलोसीले कमिङ्गसको समर्थन गर्दै ट्रम्पको टिप्पणीको आलोचना गरेकी छन् ।
अमेरिकी जनगणना अनुसार मेरील्याण्डमा ५० प्रतिशत भन्दा बढी अफ्रिकन मुलका नागरिकको बसोबास छ ।