करेन्ट लागेर सिन्धुलीमा एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

सिन्धुली– सिन्धुलीमा करेन्ट लाग्दा आइतबार एक महिलाको मृत्यु भएको छ।

सिन्धुलीको दुधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो।

घरमा रहेको बिजुली वाईरिङको तार मुसाले काट्दा छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ।

घरको जस्ताको छानामाथि नाङलामा सुकाइएको दाल झिक्ने क्रममा करेन्ट लाग्दा मेनुकाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।

घटनाको विस्तृत विवरण बुझन् घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको उनले जानकारी दिए।

साउन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्