क्यालिफोर्नियामा फुड फेस्टिवलमा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा तीनजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारी अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा तीनजनाको ज्यान गएको छ । क्यालिफोर्नियाको गिलरोयमा भएको गार्लिक फुड फेस्टिवलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् ।

घटनामा कम्तिमा ११ जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार आइतबार बेलुका (नेपाली समय अनुसार सोमबार बिहान) घटना भएको हो ।

अन्दाजी ३५ वर्षका गोरो वर्णका पुरुष व्यक्तिले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

साउन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्