टोयोटा मोटर्सको आधिकारिक बिक्रेताद्वारा वृक्षारोपण

काठमाडौँ – नेपालका लागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले धोवीखोला करिडोरमा वृक्षारोपण गरेको छ। युनाइटेड ट्रेडर्स र स्थानीय बासिन्दाको सहकार्यमा धोबीखोला करिडोरमा–३ सय ६० वटा बिरुवा रोपेको हो।

आनन्दनगर धुम्बाराही बैजनी पुलदेखि पहेलो पुलसम्मको धोवीखोला करिडोरका दुवै तर्फ सो बिरुवाहरु रोपिएको कम्पनीले जनाएको छ।

उक्त स्थानमा धेरै अग्लो नहुने करबीर जातका विरुवा सधै हरियो रङ्गको हुने र गुलाबी रङ्गको फुलफुल्ने जातको विरुवा रोपिनुका साथै यस सानो प्रयासले स्वस्च्छ तथा हराभरा सहर बनाउन मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ ।

उक्त वृक्षा रोपण कार्यक्रममा प्रदेश सांसदहरुहरु नारायण सिलवाल, सीता अधिकारी तथा वैद्ययज् अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यको समेत उपस्थिति रहेको थियो ।

सहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताए।

साउन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्