गरुडा नगरपालिकाका ५० बाढी पीडित घरपरिवारलाई त्रिपाल राहत

काठमाडौं-रौतहटस्थित गरुडा नगरपालिका वडा-२ अवस्थित गेडही गुठीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ। सोमबार नेपाल भारत मैत्री समाजको संयोजनमा वडा अध्यक्ष विसुनन्देव सहनीले राहत वितरण गरेका हुन।

वडा अध्‍यक्षले पीडित ५० घर परिवारलाई राहत स्वरुप त्रिपाल वितरण गरेका हुन। यसका साथै उनीहरुले थप अन्‍य सहयो समेत दिने प्रतिवद्धता व्‍यक्त गरे।

रातत वितरण कार्यक्रममा अध्‍यक्ष वडाध्यक्ष विसुनदेव सहनी, वडा सदस्य दिनेश ठाकुर, गेडही गुठी मावि स्कूलका व्यबस्थापन समितिका अध्यक्ष हरिलाल सहनी र समाज सेवी नेता रामवीर सहनी, राष्ट्रिय कलाकार गायक रञ्जित कुमार सहनी र हिन्दू सांस्कृतिक परिषद् रौतहट जिल्ला अध्यक्ष र कलाकार गायक प्रमोद पिया समेतको लगायत उपस्थित थियो।

साउन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्