यी हुन प्रदेश एक सरकारकाे मन्त्रीपरिषद्‌ले गरेका निर्णयहरु

माेरङ– प्रदेश एक सरकारकाे मन्त्रीपरिषद्को बैठकले विभिन्न १२ वटा एजेण्डा पारित गरेको छ।

प्रदेश एकको राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार सम्पन्न बैठकमा कर्मचारी पदस्थापन तथा सरुवा सम्बन्धी कार्यविधी संशोधन गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए।

विज्ञापन

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै मन्त्री कार्कीले भने, ‘माथिल्लो तहका कर्मचारीको व्यवस्थापनमा समस्या आएसँगै सरकारले नवौं र दशौं तहका कर्मचारीको सरुवा र पदस्थापनको कार्य मुख्यमन्त्रीकै कार्यालयमा निहित हुनेछ।’

त्यसैगरी बैठकले प्राविधिक कृषि अधिकृत, प्राविधिक सहायक र नायब प्राविधिक सहायक कर्मचारी छनोट सम्बन्धी कार्यविधि २०७६ लाई स्वीकृत गरेको छ। कृषि सहकारी मन्त्रालय अन्तर्गत छनोट हुने बताइएको कर्मचारी परिपूर्तिका लागि गहन छलफल भएको मन्त्री कार्कीको भनाइ थियो।

बैठकले महालेखा परिषद्को २०७५ को वार्षिक प्रतिवेदन, प्रदेश एक मुख्य न्यायाधीवक्ताको वार्षिक प्रतिवेदनसमेत प्रदेश सभा बैठकमा पठाउने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको व्यवस्था गर्नका लागि बनेको विधेयक २०७६ लाई समाजिक विकास मन्त्रालयलाई अघि बढाउन स्वीकृति दिएको छ।

बैठकले नीति तथा कार्यक्रम अन्तर्गत डिजिटल प्रदेशको अवधारणालाई कार्वान्यवन गर्न र स्थानीय विकासका लागि पर्यटनतर्फ पदमार्गको काम अघि बढाउने निर्णय बैठकले गरेकोछ।

साउन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू