नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले लिए सपथ

काठमाडौँ-नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा भट्टराइलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पाँच महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालय नेतृत्वविहीन भएको थियो।

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन।

साउन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्