आउडी कपको फाइनल टोटनह्यामले जित्यो

आउडी कपको फाइनल जित्दै टोटनह्यामले प्रि–सिजन भ्रमण सम्पन्न गरेको छ । म्युनिखमा भएको आउडी कपको फाइनलमा टोटनह्यामले बार्यन म्युनिखलाई पेनाल्टीमा पराजित गरेको हो ।

निर्धारित समयको खेलमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । एरिक लामेला र क्रिष्टियन एरिक्सनले गोल गरेपछि टोटनह्यामले २–० को अग्रता लिएको थियो ।

बार्यन त्यसपछि खेलमा फर्कियो । उसका लागि किशोर खेलाडी ज्यान–फिइते अर्प र अलफोन्सो डेविसले गोल गरेका हुन् । तर पेनाल्टीमा पाउलो गाजानिगाले डेविड अलाबा र जेरोमी बोएट्याङ्गको प्रहार रोके ।

साउन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्