रूपन्देही र नवलपरासीमा एनसेलको टावरमा आगजनी

फाइल तस्बिर

बुटवल – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ धुपहीमा रहेको एनसेलको टावरमा आगजनी भएको छ ।

आगजनीबाट एनसेलको टावर पूर्ण रुपले नष्ट भएको ईलाका प्रहरी लुम्बिनीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान २ बजेतिर आगो लागेको थियो ।

यस्तै पूर्वी नवलपरासीको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ । आगजनीबाट टावर पूर्ण रूपमा नष्ट भएको छ ।

साउन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्