नवनियुक्त मन्त्री योगेश भट्टराईसँगको अन्तर्वार्ता

‘मसँग जित्नुको विकल्प छैन’

नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई । तस्बिर : रविन आचार्य/देश सञ्चार

काठमाडौँ – रवीन्द्र अधिकारीको दुःखद र असामयीक निधनपछि करिब पाँच महिनादेखि नेतृत्वबिहीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेता योगेश भट्टराईलाई पाएलगत्तै थाँती रहेका मन्त्रालयको कामकारवाहीका मुद्दाहरु उठान भएका छन्।

पहिलो पटक मन्त्री बनेको दोस्रो दिन बिहान बल्खुस्थित आफ्ना ‘आइडल’ नेता मदन भण्डारीको स्मारकमा माल्यार्पण गर्न पुगेका भट्टराईले आफू अस्वाभिक बाटोबाट आएको तर स्वाभाविक मार्ग दिनु आफ्नो कर्तव्य रहेको देश सञ्चारसँग बताएका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचककारुपमा चिनिएका मन्त्री भट्टराईले आफू प्रधानमन्त्री ओलीको कडा आलोचक मात्रै नभई कठोर समर्थक पनि रहेको बताएका छन्।

आफ्नो खेल सुरु भइसकेको र समर्थक दर्शक अर्थात जनतालाई निराश नबनाउने प्रतिवद्धता व्यक्त गरेका भट्टराईले प्रधानमन्त्री ओलीको विश्वासमाथि कुठाराघात नगर्ने प्रण गरेका छन्। यस्तै पूर्वमन्त्री अधिकारीले सुरु गरेका कामलाई नयाँ उचाईमा लैजाने घोषणा गरेका उनले भ्रमण वर्ष ढोकैको चुनौति भएको भन्दै त्यसका कामलाई द्रुतगतिमा अघि बढाउने बताएका छन्।

पर्यटनमन्त्रालय विवादमा तानिने क्रम जारी रहेको र त्यहाँका विकृति र विसंगतिबारे तत्काल बोल्न नचाहेका मन्त्री भट्टराईले त्यसबारे केही दिनभित्र जानकारी गराउने प्रतिक्रिया दिएका छन्।

हेर्नुहोस् मन्त्री भट्टराईसँगको अन्तर्वार्ता

साउन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्