चोरीको मोटरसाइकलसहित तीनजना पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ– काठमाडौँको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका–९ का १८ वर्षीय सन्दीप तामाङ रहेका छन्।

चोरी गरी ल्याउँदै गरेको बा ३६ प ८६९३ र बा ७२ प ९६७० नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

साउन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्