आउने भयो एंग्री बर्डस्‌ फिल्मको दोस्रो भाग, ट्रेलरमा कपिल शर्मा र कीकू सरदारको वादविवाद

एजेन्सी- सन् २०१६मा निक्कै चर्चा र कमाइ गरेको फिल्म एंग्री बर्ड्सको दोस्रो संस्करण आउने भएको छ।

फिल्म एंग्री बर्डस्‌को ट्रेलर भने हिन्दी भर्सनमा रहेको छ जसमा चर्चित कमेडियन कपिल शर्मा र कीकू सरदरको आवाजमा वादविवाद सुन्‍न सकिन्छ।

यसका साथै उनीहरुलाई कमेडियन अर्चना पूरनको समेत आवाज सुन्‍न पाइन्छ।

ट्रेलरमा कपिल शर्मा र कीकू सर्दारको आवाज सुन्‍न निक्कै रुचाइएको छ जसमा रेडको भूमिकामा कपिल शर्मा तथा लियोनार्डको भूमिकामा कीकू शारदाले गरेका छन्।

उनीहरुको वाद विवादले फिल्मलाइ मज्जा र हसाउने बनाइएको छ। फिल्ममा अर्चना पूरनले जेटाको भूमिकामा आफ्नो आवाज दिएकी छिन्। फिल्मको कहानी कुनै आइसल्‍याण्डको खोजी गर्नेमाम केन्द्रित रहेको छ।

फिल्मको निर्देशन आरमनले गरेका छन् भने जोन कोहेनले निर्माण गरेका हुन।

कपिल शर्माले आफ्नो भूमिका रेको भेटवार्ता गराउँदै सामाजिक सञ्जालमा समेत सेयर गरेका छन्। जसमा कपिलको हातमा रेडको मास्क कभर तथा उनको आवाजमा भूमिका निभाइरहेको देखाइएको छ। योसँगै कपिल शर्माले बलिउडसँगै हलिउडमा समेत आफ्नो पाइला अगाडि बढाएका छन्।

 

View this post on Instagram

 

Hey guys, meet Red.. he’s got something to tell you, stay tuned for more 😎🤙

A post shared by Kapil Sharma (@kapilsharma) on

एंग्री बर्ड्स-2 सन् २०१६कै सिक्वेल हो। उक्त फिल्मको कहानीको सम्पूर्ण कपिराइट पीटर एकरम्यान, एयर पोडेल र जोनाथनलाइ जान्छ। फिल्मको प्रोडक्शन कोलम्बिया पिक्चर्सले गरेका छन् भने रोवियो एनिमेशन तथा सोनी पिक्चर्सले एनिमेशन गरेको छ।

यो फिल्म २३ अगस्टमा रिलिज हुने बताइएको छ। साथै यो फिल्मलाई हिन्दी बाहेक तमिल र तेलुगू भाषामा समेत प्रदर्शन गरिनेछ।

साउन १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्