आतंककारी हमलाको आशंकामा अमरनाथ यात्रामा रोक

एजेन्सी– भारतको जम्मु–कश्मीरमा आतंकवादी हमलाको आशंकालाई मध्यनजर गर्दै अमरनाथ यात्रामा रोक लगाइएको छ।

जम्मु–कश्मीर सरकारको गृह विभागले एक आदेश जारी गर्दै कश्मिरमा आएका अमरनाथका भक्तजन र पर्यटकलाई वर्तमान कानुनी व्यवस्थालाई ध्यानमा राख्दै जतिसक्दो चाँडो आफ्नो घर फर्कन आग्रह गरेको छ।

अमरनाथ यात्रा मार्गमा बारुदी सुरुङ र स्नाइपर राइफल भेटिएपछि सरकारले यो कदम उठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अमरनाथ यात्रा १५ अगष्टसम्म अथवा रक्षा बन्धनसम्म चल्ने प्रचलन रहेको छ। तर अहिले आतंकवादी हमलाको आशंकामा यसमा रोक लगाइएको छ।

अमरनाथ यात्रा फेरी कहिले सुरु हुन्छ कि हुन्न भन्ने बारेमा हालसम्म कनै आधिकारीक जानकारी आएको छैन।

साउन १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्