मूलपानी क्रिकेट मैदानमा विद्यार्थीले उडाए रकेट (भिडियो स्टोरी)

मूलपानी क्रिकेट मैदानमा विद्यार्थीले उडाए रकेट (भिडियो स्टोरी)

काठमाडौँ – विद्यार्थीलाई अन्तरिक्ष विज्ञान र रकेट प्रक्षपणसम्बन्धी विषयमा प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्देश्य शनिबार मूलपानीस्थित क्रिकेट मैदानमा ११ औँ राष्ट्रिय वाटर रकेट इभेन्ट प्रतियोगित भएको छ।

प्रतियोगितामा देशभरका ७० भन्दा बढी विद्यालयबाट दुई जनाका दरले विद्यार्थीहरुले भाग लिएका छन्। प्रतियोगिता नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टर र साइन्स टिचर एशोसियशन अफ नेपालको आयोजनामा भएको हो।

प्रतियोगितामा उत्कृष्ट भएका ६ जना विद्यार्थीले आउँदो नोभम्बर २१ देखि २५ तारिखसम्म जापानमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियाेगितामा सहभागी हुने अवसर पाउनेछन् । गत वर्ष सिंगापुरमा भएको यो प्रतियोगितामा विश्वका १५ देशका विद्यार्थीले सहभागिता जनाएका थिए ।

अन्तरिक्ष विज्ञानमा भू–उपग्रहको प्रविधि र रकेटको प्रविधिबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्ने गरिएको नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए।

साउन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्