काठमाडौँ – पूर्व युवराज्ञी हिमानी शाह छोराछोरीसहित पूजाअर्चनाका लागि पशुपतिनाथ मन्दिर गएकी छन् । हिमानी साउनको तेस्रो सोमबार पारेर विशेष पूजाका लागि पशुपति गएकी हुन् ।

उनको साथमा छोरी पूर्णिका र छोरा हृदयन्द्र पनि थिए । उनीहरुले पशुपतिनाथ मन्दिरमा झण्डै ४५ मिनेट लगाएर पूजा गरेका थिए । पशुपतिनाथ पुग्नु अघि उनीहरु गुहेश्वरी मन्दिर गएका थिए ।