काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सोमबार परम्पराअनुसार नागको तस्बिरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । काठमाडौँको नागपोखरीमा पनि नागपञ्चमीको पूजा गर्नेहरुको घुइँचो लागेको छ ।

केही तस्बिरहरु

साउन २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्