माधव नेपालसँग भिडियो अन्तर्वार्ता

‘म भएको भए दुई हप्तामा पार्टी एकता टुंग्याइदिन्थेँ’

‘म भएको भए दुई हप्तामा पार्टी एकता टुंग्याइदिन्थेँ’

काठमाडौँ —पार्टी र सरकारको नेतृत्वमा रहँदा या नहँरदा समान रुपमा प्रभावशाली देखिने र आफूलाई लागेका कुरा निर्धक्कसँग भन्न सक्ने व्यक्ति हुन् माधव नेपाल।

पछिल्लो समय संवेदनशील आन्तरिक विषयमा सार्वजनिक अभिव्यक्ति दिन पार्टी अनुशासनले रोके पनि प्रधानमन्त्रीको आचरण तथा व्यवहार कस्तो हुनुपर्छ? पार्टी एकतालाई कसरी पूर्णता दिनु पर्छ? र दुई तिहाई बहुमत बोकेको सरकार कसरी प्रस्तुत हुनुपर्छ? भन्नेबारे खुलेर बोले उनले।

देश सञ्चार संवादमा सत्तारुढ नेकपाका सचिवालयका वरिष्ठ नेता नेपालले पार्टी एकतामा ढिलाई भएको स्वीकार्दै आफू नेतृत्वमा भएको भए त्यो दुई सातामा टुंग्याउने दाबी पनि प्रस्तुत गरेका छन्।

यस्तै बालुवाटार प्रकरणमा आफू दोषी नरहेको बताएका नेता नेपालले वाईडबडी काण्डमा व्यापक भ्रष्टाचार भएको र त्यसको गम्भीर छानविन हुनुपर्ने माग गरेका छन्।

प्रस्तुत छ माधव नेपालसँग लिइएको भिडियो अन्तवार्ता

 

साउन २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू