ग्यासको मूल्य २५ रुपैयाँ घट्यो

सरकारले मंगलबार मध्यरातिदेखि लागू हुने गरी ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ। सरकारले २५ रुपैयाँ घटाएपछि अब एक ग्यास सिलिण्डरको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ।

मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। पेट्रोलमा एक रुपैयाँ मूल्य बृद्धि गरिएको छ।

डिजेलमा पनि सरकारले पचास पैसा मूल्य बढाएको छ। साबिकको ९७ प्रतिलिटर मूल्यमा सरकारले पचास पैसा बढाएको हो।

 

साउन २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्