काठमाडौँको बालुवाटारमा रहेको सुबिसु इन्टरनेटको कार्यालयमा बुधबार दिउँसो भीषण आगलागी भएको छ। दिउँसो पौने १ बजे सुरु भएको आगलागी दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै डेढ घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन। सुबिसु केबुलको पेट्रोल स्टोर गरेको ट्यांकरबाट आगलागी भएको प्रहरीले जनाएको छ । अहिले पाँचवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीय बासिन्दा आगो निभाउन सहयोग गरेका हुन् ।

पुरानो घरमा आगलागी भएको हो । क्षतिको विवरण आउन बाँकी छ।