सुषमा स्वराजको निधनमा अमिताभको भावुक कविता

भारतकी पूर्व विदेश मन्त्री सुषमा स्वराजको कार्डिएक अरेस्टका कारण निधन भएपछि अधिकांश भारतीय शाेकमा छन् । उनकाे अचानककाे मृत्युले धेरै ‘सक’ मा छन् । बलिउड अभिनेता अमिताभ बच्चनलाई पनि सुषमाकाे निधनकाे खबरले नराम्रो प्रभाव पारेको छ।

स्वराजको निधनपछि बलिउड कलाकारले पनि शोक व्यक्त गरेका छन्। अभिताम बच्चनले आफ्नो ट्वीटर एकाउन्टबाट ‘यो असाध्यै दु:खद् खबर, एक असाध्यै प्रवल राजनीतिज्ञ, मिलनसार व्यक्तित्व र अद्भुत प्रवक्ता। आत्माको शान्तिको लागि प्राथना।’ लेखेर फोटो शेयर गरेका छन्।

सुषमाकाे निधनमा भावुक भएका अमिताभले छोटो कविता पनि लेखेका छन्,

‘मृदुभाषी, सम्मोहक वक्ता,
मिलनसार, दुखहर्ता
सुस्माजी जेसोका रिुक्त स्थान कभी नहि भर्ता’

अर्थात्, सुषमा जी जस्तोको रिक्त स्थान कहिले पनि भरिदैन’

बच्चनले आफूले मात्र कविता लेखेका छैनन्, उनले सुषमा स्वराजको बारेमा लेखिएको कविताहरु रिट्वीट पनि गरेका छन्।

६७ वर्षकी स्वराजको अचानक भएको मृत्युले भारतीय जनता पार्टिमात्र नभएर सबै राजनीतिक पार्टी लगायत बलिउड कलाकारलाई धक्का लागेको छ।

साउन २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्