माइक्रोको ठक्करबाट बालकको मृत्यु

साङ्केतिक तस्बिर ।

चितवन– पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माइक्रो बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुने बालकमा लमजुङको भुजुङ गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङ रहेका छन्।

काठमाडौँबाट पोखरा जाँदै गरेको बा ३ ख ७९५६ नम्बरको माइक्रोले बिहीबार बिहान इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते बालकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो। प्रहरीले माइक्रो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

साउन २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्