
दाङ-दाङमा बिषालु सर्पको टोकाइबाट एकै परिवारका दुई दिदि बहिनीको मृत्यु भएको छ।
राजपुर गाउपालिका वडा न. ७ भौवानाका निवासी शेर बहादुर सार्की का दुई छोरीको बिषालु सर्पको टोकेपछि उपचारको लागि भारतीय अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हाे ।
शिवशक्ति माध्यमिक विद्यालय राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका कक्षा ७ मा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले डसेर मृत्यु भएको विद्यालयका प्रधानाध्यापक लिलाधर बिकले जानकारी दिएका छन्।
भौगोलिक बिकट्ता, बाटो को समस्या, सन्चार बिहिन र स्वास्थ्य सेवाको पहुच नहुँदा उपचार नपाएर बालिकाको मृत्यु भएको उनले बताए। घरमा सुतेको बेला सर्पले डसेको हो।
गएको बर्ष पनि सोहि बिद्यालयमा अध्यनरत कक्षा ९ कि छात्रा को पनि सर्पको टोकाइका कारण अस्पताल लैजादै गर्दा मृत्यु भएको भैसाही नाका निवासी अमृत खड्काले जानकारी दिए।