आइसिटी अवार्ड: विजेतालाई वाणिज्य बैंकको १५ लाखको सहुलियतपूर्ण ऋण र १० लाखको इन्सुरेन्स

काठमाडौं-सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करण यहि साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुदैछ।

यस वर्षको आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ।राष्ट्रिय वाणिज्य बंंैक आइसिटी अवार्ड २०१९ को बैकिङ पार्टनरको रुपमा रहेको छ। स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो।

यसैगरी आइसिटी अवार्डको इन्सुरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पुर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्सुरेन्स गरिदिने जानकारी गराएको छ।यस वर्ष १० वटा विधामा आइसिटी अवार्ड प्रदान गरिनेछ।

आइसिटी अवार्ड २०१९ सफल बनाउन २ दर्जन बढि सस्थाहरुले सहयोग तथा सहकार्य गरेका छन्। सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सुचना प्रविधि केन्द«, नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकम यस अवार्डका मुख्य सहयोगी सस्थाहरु हुन।

यसैगरी बैकिङ पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक, पेमेन्ट पार्टनरको रुपमा कनेक्ट आइपिएस, एजुकेशन पार्टनरको रुपमा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी रहेका छन।यसैगरी इन्सुरेन्स पार्टनरको रुपमा एसियन लाइफ इन्सुरेन्स, इन्टरनेट पार्टनरमा भायनेट कम्युनिकेशन, नेटवर्क पार्टनरमा डिजिकम र साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेज रहेका छन्।

जेष्ठ १, २०७६ देखि सुरु भएको आइसिटी अवार्डको तयारी साउन ३२ गते ग्राण्ड फिनालेको रुपमा समापन हुनेछ।विभिन्न ९ विधामा २ सय बढिको नोमिनेशन प्राप्त भएको अवार्डको छनौट प्रकृयामा ११ जना जुरी र ८ जना जुरी सल्लाहकारहरुको सहभागिता रहेको छ।

आइसिटी अवार्डमा टेक्सास कलेज, एफ वान सफ्ट, एसिसिए ग्लोबल, इन्फो डेभलपर्स, साइबरनेटिक्स, समृद्धी कलेज, वल्र्डलिंक, नेटगियर, सगरमाथा इन्जिनियरिङ कलेज, क्याब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी र भिजिट नेपाल २०२० रहेका छन।यसैगरी लर्निङ पार्टनरको रुपमा स्मार्टर एप, जिपिएस पार्टनर प्रमिस टु सेक्युर, प्रिन्ट पार्टनर बिटि प्रिन्टिङ, डिजिटल पार्टनर टेक्नोरियो रहेका छन्।

आइसिटी अवार्ड २०१९ को ३ विधामा उत्कृष्ट ५ को पब्लिक भोटिङ साउन १८ सम्म सञ्चालन भएको थियो भने अन्य ६ विधामा जुरी समुहले फिल्ड भिजिट सहित छनौट प्रकृया जारी रहेको छ।यसैगरी पब्लिक च्वाइस आइसिटी अवार्डको लागि एसएमएस भोटिङ जारी रहेको छ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन्।

यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको हो।साउन ३२ गते शनिवार आयोजना हुने फिनाले हिमालय एचडी, हाम्रो पात्रो, फेसबुक तथा युट्युबाट प्रत्यक्ष प्रशारण समेत हुनेछ।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्