दाँत स्वास्थ्य

खाना खाएपछि दाँत माझ्न पाइएन भने के हुन्छ ?

मानव स्वास्थ्यको अभिन्न पाटो मुख स्वास्थ्यसँग जोडिएको हुन्छ। हाम्रो शरीरलाई चाहिने खानेकुरा मुखबाट नै प्रसार हुने भएकोले मुखको सरसफाई अति महत्वपूर्ण भएको चिकित्सिकहरु बताउँछन्।

तर फेरिएको दैनिकीले हाम्रो आनीबानीलाई पनि फेरेको छ। हिजोआज हामीहरु एकाबिहानै घरबाट हिड्ने अनि रातमा फर्कने धेरै छौँ। पढाई सँगसँगै काम गर्ने समुदायको त खाना कतिबेला खाने भन्ने पनि टुंगो हुँदैन। घरमा पाकेको खाना ८ बजे खाने अनि १० बजे कार्यलय पुग्ने वा कलेज स्कूल जाने दैनिकी सीमित मानिसहरुको मात्र हुन्छ।

विज्ञापन

शरीरलाई आवश्यक परेको खाना पसलहरुमा उपलब्ध हुन्छन्, तर खाना खाइ सकेपछि गरिने सरसफाईमा भने धेरैजसोको ध्यान जाँदैन । खाना खानु अगाडि साबुन पानीले हात धुने जनचेतनामूलक सामग्री रेडियो, टेलिभिजन पत्रपत्रिका सबैतीर देख्न सकिन्छ। तर खाना खाएपछि दाँत सफा गर्नुपर्छ भन्ने कुरा अस्पताल गएपछि मात्र थाहा हुन्छ। यस्ता सामग्री दन्तमञ्जन बेच्ने कम्पनीले व्यापारिक प्रयोजनका लागि मात्र बनाउने गर्छन्।

यसले गर्दा मानिसहरुमा दाँत कसरी माझ्ने अथवा दाँत माझेन भने के हुन्छ भन्ने बारेमा चासो समस्या परेपछि मात्र राख्ने गरिन्छ। तर यतिबेला सम्म दाँतलाई किराले सखाप पारिसकेको हुन्छ।

खानेकुरा र दाँतको सम्बन्ध र दाँत माझ्ने तरिकाको बारेमा दन्तरोग विशेषज्ञ डा. सुशील कोइराला र डा. कुम्भ राज जोशी यस्तो भन्छन्,