पछिल्लाे १५ महिनामा सर्पको टोकाइबाट दाङमा १० जनाको मृत्यु

सांकेतिक तस्बिर

दाङ– दाङमा पछिल्लो १५ महिनाको अवधिमा सर्पको टोकाईबाट १० जनाको मृत्युभएको छ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार गएको २०७५ साल वैशाखदेखि हालसम्म सर्पको टोकाईबाट १० जनाको मृत्युभएको हो।

सात जना पुरुष र तीन जना महिलाले सर्पको टोकाईबाट ज्यान गुमाएको आपतकालिन कार्य सञ्चालन केन्द्रका सुचना अधिकारी खिलानाथ दाहालले जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापन समितिले राजपुर, गढवा र दंगिशरण गाउँपालिकालाई सर्पको उच्च जोखिममा राखेको छ। त्यस्तै समितिका अनुसार राप्ती गाउँपालिका र लमही नगरपालिका मध्यम जोखिम क्षेत्रमा पर्ने गरेको छ।

सर्पले टोकेपछि अस्पतालमा पुर्‍याएर उपचार गर्नुकाे साटाे बिरामीलाई झारफुकतर्फ लैजाने गर्दा धेरैको मृत्यु हुने गरेको देखिएको छ। केही दिन अघि मात्रै बंगलाचुली गाउँपालिका ७ लापेका १२ वर्षीय विशाल सारुको मृत्यु भएको थियो।

यस्तै बिहीबार मात्रै राजपुर गाउँपालिका ७ भौवानाकामा सर्पको टोकाईबाट दुई बालिका ८ वर्षीया सुजु सार्की र ११ वर्षीया करीष्मा सार्कीको मृत्यु भएको थियो।

साउन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्