रंगशालाको छानो खस्यो

नेदरल्याण्डसको शीर्ष लिग क्लब एजेड अल्कमारको रंगशालाको छानो खसेको छ । शनिबार एफासमा रहेको रंगशालाको छोनो भत्किएको हो । डच क्लबका महासचिव रोबर्ट एइनहोर्नले घटनामा कोही पनि घाइते नभएको बताएका छन् ।

रंगशालाको छानो भत्किएको सम्बन्धमा अनुसन्धान गर्ने क्लबले जनाएको छ । तीव्र गतिमा चलेको हावाका कारण रंगशालाको छानोको ठूलो भाग भत्किएर तल सिटमा खसेको हो ।

घटना भएका बेला सो रंगशालमा खेल भएको थिएन । एजेड आइतबार हुने अवे खेलका लागि आरकेसी वाल्विज्कको रंगशालमा गएकाले क्षति हुनबाट जोखिएको हो ।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्