दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा आगजनी

दाङ – दाङको बंगलाचुली गाउँपालिकाको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनि गरेको हो ।

शनिबार मध्यरातमा रा १ झ १५२ नम्बरको गाडी आगजनी भएको र गाडी पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कमिरचौरले जनाएको छ ।

गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको सई शर्माले बताए ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो ।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू