गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

बुटवल – कपिलवस्तुको मायादेवी गाउँपालिकाको स्कार्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको गाडीमा आगजनी भएको हो ।

चौधरीको तौलिहवास्थित निवासमा पार्किङमा राखिएको गाडी  शनिबार राति करिब साढे १० बजे आगजनी भएको प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिए।

गाडीमा लागेको आगो कपिलवस्तु नगरपालिकाको दमकलले निभाएको थियो।

आगजनीको जिम्मेवारी भने कसैले लिएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले विप्लव समुहमाथि शंका गरेको छ ।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू