नेपाल लिटरेचर फेस्टिभल मंसिर २७ देखि ३० गतेसम्म पोखरामा हुने

काठमाडौँ– आठौँ नेपाल लिटरेचर फेस्टिभल मंसिर २७ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ। आयोजक संस्था वुक वर्म फाउण्डेशनले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो।

नेपाल लिटरेटर फेस्टिभलका निर्देशक अजित बरालले कार्यक्रमलाई निरन्तरता दिन पाउनु गर्वको कुरा भएको बताए। कार्यक्रममा नेपाल तथा भारतका लेखक, साहित्यकारको सहभागिता रहनेछ।

यो वर्ष जनकपुरमा पनि नेपाल लिटरेटर फेस्टिभलकाे आयाेजना हुनेछ। जनकपुर महोत्सवका संयोजक मनिस झाले राजनीति संक्रमणका कारण जनकपुरले गुमाएको अस्तित्व फर्काउन प्रयास भएको र त्यो देखाउन चाहेको बताए। जनकपुरकाे लिटरेचर फेस्टिभल कार्तिक १७ र १८ गते हुनेछ।

नेपाल पर्यटन बोर्डकी ब्राण्ड म्यानेजर श्रद्धा श्रेष्ठले नेपाली साहित्यको छलफल पनि पर्यटनसँग गाँसिएको बताइन्। यस्तै उद्योगि सुरज वैद्यले नेपाल कला, साहित्य लगायत सबैमा धनी रहेको भन्दै त्यसको प्रवर्द्धन गर्न महोत्सवले सहयोग गर्ने बताए।

सन् २०१७ देखि महोत्सव उपत्यका भन्दाबाहिर पोखरामा हुन थालेको हो।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्