फाेटाे फिचर

लोक सेवाकाे विज्ञापनको विरोध गर्दै सिंहदरबार घेराउ गर्न पुगेकाहरु पक्राउ

काठमाडाैँ– लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिको लागि गरेको विज्ञापन खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका ११ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरु सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौँको भद्रकालीमा भेला भएका थिए।

भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।

प्रदर्शनका क्रममा उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजिनामा माग गरेका थिए।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्