नेपालगञ्‍जमा दश हजार विरुवा रोप्‍ने अभियान शुरु

नेपालगञ्ज– शहरी विकास मन्त्री मो. इस्तियाक राईले नेपालगञ्जमा वृक्षारोपण गरेका छन्।

नेपालगञ्जमा दश हजार विरुवा रोप्ने उद्घोष गरेका मन्त्री राईले आइतबार आफ्नै घर अगाडि सडकमा विरुवा रोपेर वृक्षारोपणको शुरुवात गरेका हुन्। मुलुकका प्रमुख सात शहरमा विरुवा रोप्ने अभियान नेपालगञ्जबाट शुरु भएको मन्त्री राईले बताए।

नेपालगञ्जको जमुनाहास्थित सुर्खेतरोडमा विरुवा रोपिएको छ। सडक, सरकारी कार्यालय र सरकारी खाली जग्गामा विरुवा रोपिने मन्त्री राईले बताए। उनले वृक्षारोपण गरेपछि त्यसको संरक्षणका लागि सबैले ध्यान दिनुपर्ने बताए।

नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले नेपालगञ्जमा रोपिएका विरुवाको संरक्षण उपमहानगरपालिकाले गर्ने बताए।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू