दक्षिण एसियाकै सम्मानित डिएससी पुरस्कार यसपालि नेपालमा दिइने

नेपाल साहित्य महोत्सवको आठौँ संस्करणमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डीएससी पुरस्कार प्रदान गरिने भएको छ।
२५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत ८ वर्षदेखि प्रदान गर्दै आएको छ।
नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर दक्षिण एसियाली साहित्य, डीएससी पुरस्कारकी सहसंस्थापक सुरिना नरुला भन्छिन्, ‘पोखराको सुन्दर सहरमा सम्पन्न हुने आईएमई नेपाल लिटरेचर फेस्टिभल २०१९ मा हामी यसपटक डीएससी पुरस्कारको विजेता घोषणा गर्दैछौँ। पुरस्कार र फेस्टिभल दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ।’
डीएससी प्राइजले आफ्नो श्रीलंका, बंगलादेश र भारतपछि यस वर्ष डीएससी पुरस्कार नेपालमा वितरण गरिने भन्दै ट्विटसमेत गरेको छ। यसपालि उक्त पुरस्कार पोखरामा वितरण गरिने ट्विटमा उल्लेख छ।
After awarding the winner in Sri Lanka, #Bangladesh, and #India, this year the DSC Prize winner would be announced in the picturesque city of #Pokhara in #Nepal. #DSCPrize2019 #SouthAsia #Literature pic.twitter.com/ZVHmwLzLay
— The DSC Prize (@thedscprize) August 11, 2019