कांग्रेसको अन्तरिम संरचना भदौ २० भित्र बनाइसक्ने सहमति

काठमाडौँ- नेपाली कांग्रेसले सहमतिका आधारमा भदौ २० भित्र अन्तरिम संरचना बनाइसक्ने गरी निर्देशिका पास गरेको छ।

आइतबार ढिलो गरी बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पास गरेको हो। अन्तरिम संरचना निर्माणका क्रममा गोलाप्रथाबाट नेतृत्व चयन हुने पनि बैठकले निर्णय गरेको छ।

कांग्रेसले संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह र वडा तहमा अन्तरिम संरचना बनाउनुपर्छ।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्